बेदनिधि पोख्रेललाई इलाममा सम्मान

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

गणेश अर्याल/इलाम ।

चिया उत्पादक जिल्ला सहकारी संघका पूर्वसचिब बेदनिधि पोख्रेललाई इलाममा सम्मान गरिएको छ ।

चिया उत्पादक जिल्ला सहकारी संघको दुइ कार्यकाल सम्म सचिब पदमा रहेर कार्य गरी सस्थाको उन्नती तथा प्रगतिमा महत्व पूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

इलाममा आयोजित एक कार्यक्रममा पूर्व सचिब पोख्रेललाइ खदा र मायाको चिनो सहित सम्मान गरिएको हो । चिया उत्पादक जिल्ला सहकारी संघ इलामका अध्यक्ष प्रेमराज गुरुङ, उपाध्यक्ष थिरबहादुर राउत, बर्तमान सचिब मदन प्रसाद बराल लगायत संघ सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सम्मान गरिएको बताइएको छ ।

कार्यक्रममा सम्मानित पूर्व सचिब पोख्रेलले चिया क्षेत्रमा गरेको योगदानको अध्यक्ष प्रेमराज गुरुङले चर्चा गर्नुभएको थियो भने कार्यक्रम सचिब मदन बरालको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा संघको पुरानो हिसाब तथा चल अचल सरसामान पनि बुरबुझारथ भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here