माइजोगमाइमा दाँतको स्वास्थ्य शिविर

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

गणेश अर्याल /इलाम ।

इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको सिबिरमा ३ सय ४८ जनाले दात उपचारको सेवा लिएका छन् । माईजोगमाई गाउपालिकाको आयोजना, सामजिक विकास मन्त्रालय प्रदेश नः १ को सहकार्य र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

शिविरमा दाँत लगाउने, निःशुल्क दाँत खोलिने र सेट दातँ लगाइने कार्यक्रम रहेको थियो । कार्यक्रमको पहिलो दिनमा ९१ जना पुरुष र ८६ जना महिला गरि जम्मा १७७ जनाले सेवा लिएका थिए ।

दोस्रो दिनमा ५० जना पुरुष र ५३ जना महिला गरि १०३ जना र तेस्रो दिन १६ जना पुरुप र ५२ जना महिला गरि ६८ जना गरेर ३ दिनमा जम्मा ३४८ जनाले सिविरमा सेवा लिएका छन् ।

माईजोगमाई गाउपालिकाले सबै नागरिकलाइ स्वस्थ्य सेवाको सुबिधा दिनको लागि शिविर संचालन गरेको माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर रार्इले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here