माटो परीक्षण शिविर सम्पन्न

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

गणेश अर्याल/ इलाम ।

माटो परिक्षण सम्बन्धी एक दिने शिविर इलामको रोङ गाँउपालिका को कोल्बुङमा सम्पन्न भएको छ ।

शिविरमा एक सय १४ जना किसानले सेवा लिएको गाँउपालिका कृषि बिकास केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र इलामको प्राबिधिक सहयोगमा सम्पन्न भएको माटो परिक्षण शिविरबाट माटोको अवस्था थाहा हुने र रिपोर्टको आधारमा किसानलाइ माटो उपचार पद्दतीको ज्ञान दिने कार्यक्रम रहेको छ ।

माटोको पिएच लगायत नाइटोजन फस्फोरस र पोटास को मात्रा हेर्ने काम भएको कृषि प्राबिधिक मोहन अधिकारीले बताए । उनले बिभिन्न क्षेत्र र गाउका किसानले ल्याएको माटो फरक फरक किसिमको हुने भएकाले प्राप्त रिपोर्टको आधारमा प्रत्येक किसानलाई आवस्यक सल्लाह सुुझाब उपलब्ध बताएका छन् ।

छोटो समय भए पनि प्राय सबै वडाको किसानहरु सहभागी भएकाले सन्तोषजनक नै भएको कृषि विकास साखाको नायब प्राबधिक सहायक रमा गुरगाइले बताइन् । संकलन भएको नमुना मध्ये ५० वटाको तत्कालै परिक्षण गरी नजिता आएकोे र बाकीको आगामी ५ दिन भित्रमा रिपोर्ट आउने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here