ब्राउन सुगर सहित चार जना पक्राउ

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

इलाम ।

इलामको इलाम नगरपालिका–७ स्थितबाट ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका–१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ बर्षीय प्रवेश तिरुवा बिक, इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षीय अनिल लिम्बु रहेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट एक थान र लागूऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here