स्थिरताका लागि राजनीति

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
  • 522
  •  
  •  
  •  
  •  
  •  
    522
    Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अन्तरकलहबाट विकसित संघर्ष सडक हुँदै अब संसदमा प्रवेश गर्न लागेको छ । आफ्नै पार्टीका कारण प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीको निर्णय सर्वोच्चद्वारा बदर भएपछि उनी सत्ता जोगाउन हारगुहार गर्दैछन् । त्यही पार्टीबाट नेतृत्व गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि संसदको अंकगणितको जोड–घटाउमा व्यस्त छन् र संसदीय रणनीति अनुरुप भए पनि नयाँ सरकार बनाउन दौडधुप गरिरहेका छन् । इतिहासमै सर्वाधिक शक्तिशाली बनिएको नेकपा नेतृत्वको सरकार राजनीतिक रुपमा एक भए पनि व्यावहारिक रुपमा विभाजित भइसकेको छ । जसको असर केन्द्रदेखि वडा तहसम्म देखिइसकेको छ ।

यसबेला नेपाली राजनीतिमा जेठो दल भनिने नेपाली कांग्रेस इतिहास कै कमजोर अवस्थामा देखिएको छ । संसदमा दोस्रो भएर पनि कुनै निर्णायक र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण नेकपाको अन्तर कलहलाई ‘टुलुटुलु हेर्नु’ बाहेक उसको उपस्थितिको अनुभूति भइरहेको छैन । संसदीय व्यवस्थामा हुनुपर्ने प्रभावकारिता र अग्रसरता नदेखिएको कांग्रेस ‘पर्ख र हेर’ मै हराएको छ । प्रमुख प्रतिपक्षको भूमिकामाथि सवाल खडा गर्ने अवस्था उसकै आन्तरिक र वैचारिक भिन्नताले हुनसक्छ । पार्टी सभापति, वरिष्ठ नेता कै बीचमा मतैक्य नभएका कारण हुर्कंदै गरेको राजनीतिक संकटको व्यवस्थापन सहजै हुने अनुमान गर्न सकिएको छैन । उसको अघोषित रणनीति नेकपाको वैधानिक, विभाजनमा अड्किएको छ । विभाजनपछि मात्र भूमिका निर्वाह गर्ने अघोषित नीति बनाएको जस्तो देखिने उसको जिम्मेवारी संगठन सुदृढीकरण तथा रुपान्तरणका लागि हुन नसक्दा आन्तरिक रुपले पनि राष्ट्रिय संकट गहिरिँदै गएको हुनसक्छ ।

प्रम ओली प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदको सामना गर्ने निष्कर्षमा पुगेका छन् । सांसद ‘किनबेच’ गरी विश्वास–अविश्वासको दुष्चक्रमा मुलुकलाई अझ अन्यौलतर्फ धकेल्ने निश्चित जस्तै छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि राजनीतिक, वैधानिक र नैतिक आधार गुमाएका प्रधानमन्त्रीले झनै कठोर कदम चाल्ने सम्भावना पनि त्यतिकै छ । त्यही कदमलाई निर्वाचन आयोगको मौनताले पनि बल पु¥याइरहेको छ । सत्ताबाट अलग हुन नचाहने प्रमको लालसाले फेरि पनि मुठभेड निम्त्याउने जोखिम बढेको छ । यस्तो संकटपूर्ण समयमा जेठो दलका नाताले नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्छ । सत्तारुढ दलभित्रको झगडाका कारण देशले अनिश्चयको कष्टपूर्ण यात्रा हिँड्नु नपरोस्, सत्ता प्राप्तिको होडमा अवाञ्छित र विकृत गतिविधि नहुर्कियोस् नेतृत्व वर्गले विचार पु¥याउनै पर्छ । सत्तारोहणका लागि गरिने अस्वभाविक, अप्राकृतिक गठबन्धनले स्थायी शान्ति, राजनीतिक स्थिरता सम्भव हुँदैन, संसदीय पद्दति र त्यसको मर्मलाई बलियो बनाउन सकिँदैन– जिम्मेवार पक्षले ध्यान दिउन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here