ताप्लेजुङको दोभान बजारमा ५५ घर जले

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

ताप्लेजुङ ।

ताप्लेजुङको ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा मंगलबार बिहानबा फैलिएको आगोले ५५ घर खरानी भएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी गायत्रा अधिकारीले पूर्वाञ्चललाई दिएको जानकारी अनुसार जलेका सबै घर कामै नदिने भएका छन् ।

उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन् ।

आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here