विप्लव समूहसंग वार्ता गर्ने सरकारको तयारी

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

काठमाडौं ।

सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता टोली गठन गरे लगत्तै विल्लव समूहले पनि वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरे लगत्तै विप्लव समूले पनि वार्ता टोली गठन गरेको हो ।

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बनाउने स्रोतले जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव माओवादीसंग वार्ता गरेर समस्या समाधान गरिने बताए ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । सरकारले २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैंठकले विप्लव माओवादीलाई प्रतिबन्ध गरेको थियो ।

यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । केही दिन अघि मात्रै दमकमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई छिट्टै वार्तामा ल्याउने बताएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here