बिर्तामोड ।
झापाको बिर्तामोड – २ चारपानेमा रहेको विवेकशील महिला कृषि सहकारी संस्थाको आयोजनामा मौरीपालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
संस्थाकी कार्यवाहक अध्यक्ष पुस्पिता अधिकारी ओझाको अध्यक्षता तथा बिर्तामोड –२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सतासी मौरीपालन संस्थाकी व्यवस्थापक देवी दाहालले सहजीकरण गरेको तालिममा १८ जना शेयर सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजसेवी रामलाल उप्रेती र घनश्याम दाहाललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव चन्द्रा तिम्सिनाले गरेकी थिइन् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।