नेपाली जनतालाई ‘कम्फर्टेबल’ सरकार चाहियो –प्रम ओली

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

विनोद सापकोटा,बिर्तामोड ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ मा बोलाईएको प्रतिनिधिसभाको बैेठकमा आफ्नो भूमिका सकरात्मक हुने बताएका छन् ।

झापाको विर्तामोडमा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्धघाटन गर्दे प्रधानमन्त्री ओलीले भने,‘ म यो पाँउ त्यो पाँउ भनेर मुद्धा हाल्न कतै गएको पनि छैन । म राजनीति गर्ने मान्छे हुँ । केहि गरि प्रधानमन्त्रीबाट हट्नै पर्यो भनेपनि म तपाईहरु संग आउँछु । तपाईहरु भनेको तीन करोड माथी नेपाली जनता हो ।’

प्रतिनिधि सभामा यसअघि डटेर सामना गर्ने बताउदै आएका प्रधानमन्त्री ओलीले विर्तामोडमा आएर नरम शैलीमा भने ’कथमकदाचित पदबाट हट्नुपर्ने अवस्था आयोभने म खुसीसाथ हटछु र म माथि अन्याय भयो भन्दै तपाईँहरु संग आउछु ।‘ तर, उनले पदबाट आफुलाई हटाउन त्यती सजिलो नभएको चेतावनी दिए ।

जनता माझ आउँदा चुनावी माहोलका साथ आउने प्रधानमन्त्री ओलीले बताए । उनले दावि गर्दे भने ’चुनावमा दुई तिहाई मत ल्याएर सिंहदरबार फर्केर देखाईदिन्छु ।‘

यो देश बनाउनु छ, यो देशलाई अलमलमा पर्न दिनुहुन्न, हामीले देश अघि बढ्ने बाटो बनाएका छौ,कसैलाई तगारो लगाउन दिनुहुन्न,बाटोमा एकाधले तगारै लगाएभने पनि त्यस्ता तगरा हटाएर अघि बढने चेतना हामिले राख्नु पर्छ–उनले भने । छिमेकीसंग राष्टिय हित, भुगोल ,हाम्रो नक्सा, हाम्रो जमिन हाम्रौ स्वाधिनता , हाम्रो राष्ट्रिय सम्प्रभूताहरुलाई सुरक्षित राखेर कन्फरटेवल मैत्रीपुर्ण सम्बन्ध राख्नुपर्छ । नेपाली जनाताले दुःख पाए पाउन भन्ने उद्धेश्य राखेर अर्को देशको  ‘कम्फर्टेबल’ हुने गरि सरकार बनाउने होईन नेपाली जनताको कन्फरटेवल हुने गरी सरकार चाहिने धारणा थियो ।

सरकारले गरेको काम नदेख्नेहरुको आलोचनालाई प्रधानमन्त्री ओलीले आर्शिवादको रुपमा लिएको बताए । एकै पटक सबै कुरा सम्भव छैनन विस्तारै विकासले गति लिईरहेको छ प्रधानमन्त्री ओलीले भने एकै पटक त सबै तिर पुग्ने मन मात्र हो । विकास त्यसरी भयो भने पिचरोड घिचरोड जस्तो मात्र हुन्छ । आफु प्रधानमन्त्री हुनु पूर्व बनेका पिचरोड यतिवेला घिचरोड बनेको बताउदै प्रधामन्त्री ओलीले अब यो सरकारले भ्रष्टचार कुनै पनि तरहबाट हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले पशुपतिनाथमा सुन चढाएको विषयलाई लिएर बाहिर आएको आलोचना असभ्य भएको बताए । हिन्दुहरुको आश्थाको केन्द्र पशुपतिमा सुन दिँदा श्रीमतीलाई दिए जस्तो गरेर आलोचना गर्नुभयो । नेपाली जनताले मानेको आराध्य देवलाई चढाएको सुनको किन आलोचना गर्नुपर्यो । धेरै वर्ष अघि कोहि कसैले जलारी दिएको थियो होला । त्यो खिँदा खिँदा बचेको पाप्रो हटाएर सुन लगाउदाँ आलोचना गरियो । त्यसलाई हटाएर १०८ किलोको सुनको जलारी दिँदा किन विरोध ? यतिबेला विरोध गर्ने केहि मान्छे सडकमा देखिएका छन् । के मैले श्रीमतीलाई झुम्के तिल्लहरी, बुलाकी हालिदिएको हो र ?

झापाको वीएण्सी अस्पताललाई शिक्षण अस्पतालको स्वीकृति दिन सरकारले गृह कार्य अघि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस वीएण्सी अस्पतालले सम्बन्ध पायो पायो ।’

प्रधानमन्त्री ओलीले विवादित बनेका दुर्गा प्रसाईंको खुलेर प्रशंसा गरेका छन्।  बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर अस्पतालकाे उद्घाटन समाराेहमा उनले सञ्चालक प्रसाईंकाे प्रशंसा गरेका हुन्। ओलीले कसैले आलोचना गर्दैमा प्रसाईं पछि नहट्ने मानिस रहेको बताए।

आलोचनालाई ब्रान्ड बनाउने प्रसाईंकाे विशेषता रहेको उनको भनाइ थियो। ‘भन्नेहरू भन्दै गर्छन, आलोचना गर्नेहरू गर्दै गर्छन,’ ओलीले भने,‘दुर्गा प्रसाईंकाे विशेषता छ मार्सी चामल भनेर आलोचना भयो उहाँले एउटा ब्रान्ड नै बनाइ दिनुभयो। माफिया व्हिस्की, डन इनर्जी ड्रिन्क। जे जे गाली गर्या छन् दुर्गा प्रसाईंले ब्रान्ड बनाइ दिनु भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here