माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

मोरङ ।

मोरङको सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ ।

आज दिउँसो सुनवर्षी –१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसगैं गएका सोही स्थानकी –९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भई रंगेली अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here