एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडरमा उपासना

0
838

काठमाडौँ  ।

अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडर भएकी छिन् ।

लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडर हुन पाएकोमा ठकुरीले प्रसन्नता ब्यक्त गरिन् ।

काठमाण्डौको नयां बानेश्वरमा रहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयां शाखाको उद्घाटनमा सहभागि उपासनाले भनिन् –‘ यो सस्थाको बिगतको कार्य नयां सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुं । ‘

कार्यक्रममा सस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय यूबा दर्शकहरू माँझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको बताए ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक,मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नबराज प्रसाई , नितेश उप्रेती र इश्वरराज मैनालीले बिध्यार्थीहरूको सन्तुष्टी नै आफ्नो सस्थाको लक्ष्य भएको कुरा बताउंदै आगामी दिनमा एजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here