चोरिएका मोटरसाइकल धनीको जिम्मा

0
808

काठमाडौँ, 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी तथा विशेष सूचना सङ्कलन गरी टोली परिचालन गर्दा उक्त सफलता मिलेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुरका विभिन्न स्थानबाट ति मोटरसाइकल बरामद गरिएको थियो ।

लामो समयसम्म पार्किङ, एकान्त र अध्याँरो स्थानमा पार्किङ गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने भएकाले विशेष सावधानी अपनाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ । महाशाखाले सवारी पार्किङ गर्दा विशेष ध्यान दिन र अतिरिक्त सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।

चालू आर्थिक वर्षमा मात्रै हराएका २७९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखाले जनाएको छ । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा अनलाइन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिन प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here