लोकसेवा तयारी सम्बन्धी तालिम दुहागढीमा सम्पन्न

0
899

दुहागढी ।

लोकसेवा तयारी सम्बन्धी एक महिने तालिम झापाको दुहागढीमा शनिबार सम्पन्न भएको छ ।

आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद मेचीनगर १४ को आयोजना तथा मेचीनगर नगरपालिका १४ नं. वडा कार्यलयको आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । स्थानिय ४३ जना युवायूवतीहरुको सहभागिता रहेको प्रशिक्षणमा प्रमुख प्रशिक्षक राजन सुबेदी सहित ६ जना प्रशिक्षकहरुले बिभिन्न विषयमा सहजीकरण गरेका थिए ।

तालिम समापन समारोहमा प्रमुख अतिथि मेचीनगर नगरपालिकी उपप्रमुख मीना उप्रेती र अतिथिहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा विश्व थापा, प्रमुख प्रशिक्षक सुबेदी, नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकास खापुङ्ग, कार्यपालिका सदस्य बिन्दा प्रसाइ, वडा अध्यक्ष शंकर प्रसाद पोखरेल, प्रमुख अतिथि उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

आयोजक संस्थाका अध्यक्ष मुनिलाल राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत चन्द्र वीर लिम्बु र सञ्चालन मनिषा राजवंशीले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here