ज्येष्ठ नागरिक जिल्ला संघ झापाको आठौं जिल्ला सभा

0
731

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

ज्येष्ठ नागरिक जिल्ला संघ झापाको आठौं बार्षिक जिल्ला सभा बिर्तामोडमा सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष भवानी दाहालको अध्यक्षता तथा प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष तारासम योङ्याले स्वागत गरेका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, संघका सल्लाहकार संयोजक उमानाथ ओली , कलाकार मातृका संग्रौला, संघका बाह्दशी अध्यक्ष शेरबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष दाहालले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष इश्वरीप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकको हितमा उल्लेख्य योगदान पुर्याएको भन्दै सहारा नेपाल ,जनसंसद दैनिकसहित २० जनालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव जयप्रसाद संग्रौला र सहसचिव लक्ष्मीप्रसाद पाण्डेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here