ताप्लेजुङमा सुरुङमा पुरिएर दुई जना मजदुरको मृत्यु

0
688

ताप्लेजुङ।

ताप्लेजुङको मिक्वाखोला गाँऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बरबहादुर कामी रहेका छन् । शनिबार दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसेर उनीहरुलाई किचेको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here