नेराशि संगठन देउमाईको नगर अधिवेशन सम्पन्न

0
871

इलाम ।

नेपाल राष्ट्रिय शिक्षक सङ्ठन देउमाई नगर समिति इलामको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

दोस्रो नगर अधिवेशनबाट अग्नि दहालको अध्यक्षतामा २२ सदस्य नया नगर समिती सर्वसम्मत रुपमा चयन भएको छ । नबगठित समितिको उपाध्यक्षमा दलबहादुर तामाङ, महिला उपाध्यक्षमा निर्मला खनाल, सचिव कोमल बस्नेत, सहसचिवमा अन्जना चापागाई, कोषाध्यक्षमा चुडामणि दवाडी र सहकोषाध्यक्षमा सीता राई चयन हुनुभएको छ । त्यस्तै खुल्ला सदस्यहरुमा रमेश पोड्याल, कृष्ण दहाल, प्रनिश श्रेष्ठ, मन कुमार लिम्बू, लिलाप्रसाद चापागाई लगायत रहेको जनाइएको छ ।

कार्यक्रममा शिक्षक संघ प्रतिनिधि लक्ष्मि गौतम, इलाम नेराशि अध्यक्ष गोबिन्द बुढाथोकी, विद्यार्थी नेता रबिन्द्र सुवेदी, जिल्ला सचिव लोकबहादुर थाम्सुहाङ, शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बासुदेब रेग्मी, प्रदेश सचिव रघुनाथ मिश्र, प्रमुख अतिथि नगर प्रमुख सुर्य पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यसैबीच लामो समय सम्म शिक्षण पेशामा रहेका शिक्षकहरु याम लोरिङ्देन, दिपक बस्नेत, गायत्री बराल, थिरकुमार राई, देबेन्द्र राई र हेमनाथ दहाल लाई सम्मान पत्र र दोसल्ला द्वारा सम्मान गरिएको थियो ।

अधिबेशनमा नेराशि सङ्ठन प्रदेश सचिव रघुनाथ मिश्र विशेष अतिथी, शिक्षक साकोस इलामका अध्यक्ष बासुदेव रेग्मि, जिल्ला उपाध्यक्ष थिरबहादुर राई, सचिव लोकबहादुर थाम्सुहाङ, सदस्यहरु केन्द्रकुमार बस्नेत, तिर्थमान राई, निर्मल तिम्सिना, माई नगर अध्यक्ष खेम लिम्बू, इलाम अध्यक्ष गोबिन्द बुढाथोकी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रबिन्द्र सुवेदी, सदस्य प्रवेश पराजुली लगायतको उपस्थित रहेको थियो ।

नगर समिति अध्यक्ष अग्नि दहालको अध्यक्षता तथा देउमाई नगर प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here