शिक्षक विद्यार्थीलाई विद्यालय मै खाना !

0
785

ओखलढुंगा,

ओखलढुंगाको दुर्गम गाउँमा रहेको एक विद्यालयमा शिक्षक विद्यार्थीलाई विद्यालय मै खानाको व्यवस्था गरिएको छ । बिद्यालयमा एसेन्ट एड नेपाल नामक संस्थाले क्यान्टिन निर्माण गरि विद्यार्थी र शिक्षकलाई विद्यालय मै खाना तथा खाजाको ब्यवस्था गरेको हो ।

खजेदेम्वा गाउँपालिका–९ दोराखर्कमा रहेको जनता आधारभूत बिद्यालयमा संस्थाले क्यान्टिन निर्माण अघिल्लो हप्ताबाट शुरु गरेको छ । विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि क्यान्टिन निर्माण गरिएको संस्थाले जनाएको छ । एसेन्ट एड नेपालका अध्यक्ष पेम्बा शेर्पा र सचिव पासाङ शेर्पाले सहयोग जुटाएर निर्माण गरिएको क्यान्टिनमा जङ्ग फुट (पत्रु) खानालाई पुर्ण रुपमा प्रतिबन्ध गरि स्थानीय स्तरमै उब्जाएको स्थानीय खाद्य वस्तुलाई प्राथमिकता दिइने भएको छ ।

विद्यालयमा शिक्षक ८ र विद्यार्थी ९७ जना हरेका छन् । संस्थाले शिशक्षक बिदार्थीलाई निशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था गरिएको बताईएको छ । विद्यालयमा निशुल्क खाना तथा खाजाको व्यवस्था भएपछि अभिभावक समेत खुसी भएका छन् ।

स्थानीय स्रोत र साधनलाई प्रयोगमा ल्याउनुको मुख्य कारण यहाँको शिक्षक विद्यार्थीको स्वास्थ्यलाई र यहाँका स्थानीय जनताको पनि आयस्रोतमा वृद्धि ल्याउने उदेश्य रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य सार्की शेर्पाले जानकारी दिए । जनता आधारभूत बिद्यालयमा जस्तै अन्य विद्यालयहरुमा पनि यसरी नै क्यान्टीन स्थापना गरेर क्यान्टीनबाबाट खाना खाजा दिन सकेमा जंकफुडको प्रयोगमा कमी आउने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here