शिवाकोटी सम्मानित

0
954

बिर्तामोड, बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटीलाई सम्मान गरिएको छ ।

शनिश्चरे माध्यमिक बिद्यालय ५१ र ५२ को व्याचले नवनिर्वाचित अध्यक्ष शिवाकोटीलाई सम्मान गरेको हो ।

लता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चन्द्र आचार्यले गरेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व शिवाकोटीले चुनावमा विजयी गराउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिँदै आफूले चुनावताका बोलेका कुराहरु अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रमेश रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here