महिलालाई हौसला प्रदान गरौं

0
749

अन्तर्राष्ट्रिय महिला दिवस हरेक बर्ष ८ मार्चका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइन्छ । हाम्रो देशमा यही फाल्गुन २४ गते मनाउन लागिएको छ । महिला बिकास, सम्मान र अधिकारका बिषयहरु मुख्य रुपमा उठ्ने गरे पनि महिला र पुरुष बराबर हुन भन्ने कुराको सन्देश दिनु नै यस दिवसको मुख्य उद्देश्य रहेको पाइन्छ ।

सन् १९०८ मा न्यूयोर्क शहरमा १५ हजारभन्दा बढी महिलाहरुले काम गर्ने समयसीमा, तलब वृद्धि र मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सडक आन्दोलन गरेका थिए । १९१० मा कोपेन्हेगेनमा भएको महिला सम्मेलनमा क्लारा जेट्किनले प्रस्ताव गरेपछि १९११ बाट यो दिवस मनाउन शुरु गरिएको इतिहास छ । विश्वका विभिन्न देशहरुले ५०औँ महिला दिवस मनाइसक्दा वि.सं. २०१६ बाट वीपी कोइरालाको पालादेखि नियमितरुपमा नेपालमा पनि मनाउन थालिएको हो ।

सन् १९९६ देखि यो दिवसलाई एउटा नारा दिन थालिएको हो । यसको पहिलो नारा ‘विगतलाई उत्सवको रुपमा राखौं र भविष्यको लागि योजना बनाउँ’ भन्ने थियो । गत बर्ष ‘लैङ्गिक समानताको पुस्ता’ भन्ने नारा थियो । त्यसैगरी यस बर्ष कोभिड–१९ को जटिल अवस्थामा पनि अग्रस्थानमा रहेर काम गर्ने स्वास्थकर्मी लगायतका नेतृत्वदायी भूमिका निर्वाह गर्ने महिलाहरुको सम्मानमा धयmभल ष्ल भिबमभचकजष्उ स् बल भत्रगब िागतगचभ ष्ल ब अयखष्मभ(ज्ञढ धयचमि अर्थात ‘महिला नेतृत्व ः कोभिड–१९ को अवस्थामा एक समान भविष्य’ भन्ने हुन्छ । अब महिलाहरु पुरुषसँग बराबरी भएर काम गर्न सक्छन् भन्ने बुझ्नुपर्छ । यसले बिशेषतः कोरोना कालमा सफलतापूर्वक कार्य गर्ने महिलाहरुलाई इंगित गरेको छ ।

सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस

संसारभरि नै महिला विकासको क्रम तीव्र रुपमा भएको छ । हाम्रो जस्तो विकासोन्मुख देशमा पनि यो क्रम तीव्र नै छ । जस्तो दुःखमा पनि सहजै मुस्कुराउन सक्ने, सुख र दुःखको समायोजन गर्न सक्ने क्षमता मात्र महिलाहरुमा हुन्छ । पुरुष बराबर भएर मात्र होइन, अब त्यो भन्दा पनि अब्बल भएर आफ्नो कार्यकुशलता प्रस्तुत गर्छन् । महामारीको अवस्थामा धेरै छोरीहरुले काम गर्दागर्दै ज्यान गुमाएका छन् । विचलित नभई कार्य क्षेत्रमा खटिनु, पारिवारिक सुखसयल, दूध बालकलाई समेत छोडेर अहोरात्र कार्यक्षेत्रमा खटिने महिलाहरु वास्तवमै सम्मान योग्य भएको ठहर गर्नु सराहनीय छ ।

महिला नेतृत्वलाई देखावटी रुपमा मात्र अगाडि ल्याउने हाम्रो समाजले नेतृत्वदायी भूमिकामा त्यति रुचाउँदैन । सेरेमोनियल भए पनि महिला राष्ट्रपति भएको हाम्रो देशमा महिला प्रधानमन्त्री कहिले बन्ने होला ? यो प्रश्न अझै कैयौं बर्ष अनुत्तरित नै रहनेछ । हुन त हाम्रो देशको संविधानले ४०% महिलाहरुलाइं स्थानीय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठाउँका लागि आरक्षित गरेको छ । संविधानले प्रदत्त गरेका अधिकार ती महिलाहरुनले खासै प्रयोग गर्न पाएका देखिँदैन । अधिकांश ठाउँहरुमा पुरुषहरु र उनीहरुका श्रीमान्हरु नै हावी हुने गरेका छन् । आफैंले नगरी सिकिँदैन गर्नै नपाएपछि कसरी सिक्ने ? हुन त हाम्रो जस्तो देशमा महिलाहरु नै नेतृत्वमा आउन चाहँदैनन् । समय सन्दर्भले उनीहरुलाई यो काम जटिल हुन्छ ।

बच्चा जन्माउनु र स्वयम्ले तिनीहरुको स्याहार गर्नुपर्ने प्राकृतिक बाध्यताहरु ठूला चुनौति हुन् । सम्पत्तिमा निर्णायक अधिकार नहुनु, पारिवारिक जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न नसक्दा सामाजिक कटाक्षको शिकार बन्नुपर्ने जस्ता कुराहरु पर्छन् । कतिपय अवस्थामा परिवारले सपोर्ट गरेको देखिन्छ, तर ती स्वार्थमा निहित हुन्छन् । आम्दानी गर्न घर बाहिर निस्कने महिलाहरुलाई परिवारले खासै रोकटोक गर्दैन, तर समाजसेवा मात्र गर्न निस्कँदा घर गृहस्थी नै दाउमा लगाउनु पर्ने अवस्था छ ।

हाम्रो धर्मशास्त्रले त महिलाहरुलाई नेतृत्वदायी भूमिकामा स्वीकारेको छ त । विद्याको क्षेत्रमा सरस्वती, धन दौलतको क्षेत्रमा लक्ष्मी, शक्ति अर्थात् पावरको क्षेत्रमा दुर्गाले नेतृत्व गरेको देखिन्छ । कहिले र कुन समयदेखि महिलामाथि थिचोमिचो शुरु भयो होला ? यो खोजिको विषय बनाऔं ।

यस्ता नेतृत्वदायी भूमिकामा महिलाहरुलाई अग्रसर गराउन सके सशक्तपूर्ण ढंगले कार्य गर्न सक्छन् । विभिन्न तह र तप्कामा रहेका नेतृहरु चाहे सरकारी सेवामा होस् चाहे सामाजिक सेवामा जहाँ भए पनि निःस्वार्थ भावनाले कार्य गर्ने आफ्नो कार्यकुशलताको परिचय बनाएका महिलाहरुको सम्मान गरौं, उत्प्रेरित गरौं, हौसला प्रदान गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here