गौरादहमा १५ जना श्रमिक महिला सम्मानित

0
797

युबराज रेग्मी,
झापा ।

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तरगत झापाको गौरादह नगरपालिकाको गौरादहमा नेपाल महिला संघ नगर समिति गौरादहद्वारा आयोजित कार्यक्रममा १५ श्रमिक महिला सम्मानित भएका छन् ।

महिला बालबालिका तथा समाज कल्याण पूर्वमन्त्री कमला पन्तको प्रमुख आथित्यता महिला संघ नगर समिती अध्यक्ष भिमा उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पन्तले काङ्ग्रेसका बौद्धिक खुराक कमि भएको बताउदै काङ्ग्रेस आफैले आफ्नो जिम्मेवारी बुझ्न जरुरी रहेको बताइन् । महिला हरुलार्इ समान अधिकार दिन स्थानिय तहहरुबाटै उल्लेख्य मात्रामा कृयासिल सदस्य वितरण गर्न जिल्ला नेतृत्वलाई अनुरोध गर्दै पार्टीका सबै तहमा एक तिहाइ महिला आवश्यक भएको बताइन् ।

नेपाल महिला संघ नगर सचिव कल्पना थापा र महिला संघ जिल्ला सदस्य इन्दिरा पोख्रेलले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा गौरादह नगर अन्तरगत रहेका ९ वटै वडाका १५ जना श्रमिक महिला हरुलार्इ दोसल्ला र अबिरले सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here