नेपाल प्रेस यूनियन पाँचथरद्धारा पत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत

0
723

पाँचथर ।

नेपाल पत्रकार महासंघ पाँचथरको नयाँ सदस्यता प्राप्त गर्न सदस्यहरुलाई नेपाल प्रेस यूनियन जिल्ला शाखा पाँचथरले स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा पाँचथरले सदरमुकाम फिदिममा गरेको स्वागत तथा बधाई कार्यक्रममा वोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य,पाटीका केन्द्रिय अनुशासन समिती संयोजक सविधानसभा सदस्य भिष्मराज आङदेम्बेले पत्रकारिता क्षेत्रमा सदस्यता प्राप्त गर्नुहुने पत्रकारहरुको निरन्तर आवाज बिहिनको पक्षमा कलम चलाईराख्नुहोस भन्दै बधाई तथा शुभकाना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्राप्त गर्ने २४ जना पत्रकारहरुलाई प्रमाणपत्र,खदा,अविर लगाएर सम्मान गर्दे स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

यस्तै कार्यक्रममा नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ,सचिव रुपनारायण जवेगु,सहसचिव बालकृष्ण ओझा,काग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्द्रिय सदस्य तथा प्रेस यूनियन पाँचथरका पूर्व अध्यक्ष विपेन्द्र गौतम, नेपाल प्रेस यूनियन पाँचथरका पूर्व अध्यक्ष,नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगाना, नेपाली काग्रेस पाँचथरका पूर्व उपसभापति जय प्रसाद रिजाल,प्रेस यूनियन पाँचथर अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लक्ष्मी गौतम,ट्रेड यूनियन काग्रेस पाँचथरका अध्यक्ष एकराज भण्डारी,उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपाल,प्रेस यूनियन डिजिटल विभाग सदस्य गिरीराज बास्कोटा,नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष सरला रेग्मी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल प्रेस यूनियन पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल प्रेस यूनियन पाँचथरका सचिव सरोज शर्माले गर्नुभएको थियो ।

संवाद र समन्वय समिती घोषणा

सोही कार्यक्रमका वीच आसन्न नेपाल पत्रकार महासंघको अधिवेशनलाई लक्षित गरेर नेपाल प्रेस यूनियनको नेतृत्वमा समिती निर्वाचित गराउने रणनिती सफल बनाउन,संगठन भित्र र बाह्य संगठनमा संवाद र समन्वय गर्न शुभेच्छुक संस्थाहरुको छाता संगठन ट्रेड यूनियन काग्रेस पाँचथरका अध्यक्ष,प्रेस यूनियनका पूर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रिय प्रतिनिधी एकराज भण्डारीको संयोजकत्वमा प्रेस यूनियन पाँचथरका वर्तमान अध्यक्ष र सवै पूर्व अध्यक्षहरु रहेको संवाद र समन्वय समिती घोषणा गरिएको छ ।

उक्त समितीमा यूनियनका वर्तमान अध्यक्ष तथा पूर्व अध्यक्षहरु सदस्य रहनेछन् । उक्त समितीलाई समितीको वैठक राखी कार्यविधी बनाएर काम थाल्न कार्यादेश प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here