नारी दिवसमा आमा र असल बुहारीलाई सम्मान

0
409

भद्रपुर ।

१ सय ११ औं अन्तरराष्ट्रिय नारी दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा १ जना आमा र १ जना असल बुहारी गरी दुईलाई सम्मान गरिएको छ ।

चन्द्रगढी सेवा समाज दुवारा सोमवार भद्रपुर ९ डांगीवारीमा आयोजीत कार्यक्रमका बीच विगत २०६७ सालदेखि निरन्तर रुपमा आफ्ना अपाङ्ग असत्त ८५ बर्षिय ससुराको सेवामा अहोरात्र सेवाप्रवाह गरेको भन्दै उहांको योगदानको उच्च मुल्याङ्गकनका साथ एक असल बुहारीको रुपमा भद्रपुर १० निवासी अम्बिका घिमिरेलाई सम्मान गरिएको हो ।

त्यसैगरी जेष्ठ आमा सम्मान बाट भद्रपुर ९ निवासी ८६ बर्षिया भीम कुमारी पोखरेललाई सम्मान गरिएको छ । उहांहरु दुवैलाई कार्यक्रमकी प्रमुख अतिथि नगरउपप्रमुख चन्द्रमाया श्रेष्ठले दोसल्ला ओडाउनुका साथै प्रशंसा पत्र प्रदान गरेर सम्मान गर्र्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी श्रेष्ठले समाज परिवर्तनको सन्दर्भमा महिलाले पुर्याएको योगदानको उच्च मुल्याङ्गन गर्नु पर्नेमा जोड दिदै अहिले पनि समाजबाट महिला हिंसाको अन्त हुन नसकेको बताउनुभयो ।

उपप्रमुख श्रेष्ठले विभेदकारी समाजको अन्त गर्न सबै नारीहरु एक जुट भएर लाग्नु पर्नेमा समेत जोड दिनुभयो । सोही कार्यक्रमका बीच नेपाल वार एशोसियसन झापाकी सह सचिव कानुन व्यावसायी देवी निरौलाले महिला हक अधिकारका विषयमा कानुनी सचेतना समेत प्रदान गर्नु भएको थियो ।

कमलप्रसाद अधिकारीको अध्यक्षता तथा देवी अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का कार्यवाहक वार्ड अध्यक्ष तुलसी पोखरेल, चन्द्रगढी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष हिरा प्रसाद पोखरेल, समाजसेवी गोमा भट्टराई लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको स्वागत नयांनाथ पाण्डेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here