झापामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
494

झापा,

यात्रुबाहक बसको ठक्करबाट झापामा एकजनाके मृत्यु र एकजना घाइते भएका छन्। मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–९ यलम्बर चोकमा मंगलबार बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २७४६ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको को ३८ प ४१९४ नम्बर को स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटना परी स्कुटर चालक देवान र स्कुटरको पछाडि रहेका चुलाचुली–४ का ४० वर्षीय पूर्ण राई गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। देवानको उपचार क्रममा बिहान ११ बजे मृत्यु भएको हो।

दुवै सवारीसाधनसहित बस चालक अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीका ४० वर्षीय मानबहादुर पुरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here