चुनावमा जानुको विकल्प छैन– कोइराला

0
466

शान्ति सुब्बा, झापा ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले अहिलेको सरकार प्रमुखले संसदमा विश्वासको मत लिने र चुनावमा जानुको विकल्प नभएको बताउनुभएको छ । संसद अनिर्णयको बन्दीमा रहेको बताउँदै यस्तो जटिल परिस्थितीमा निर्वाचन बाहेक निकासको अर्को बाटो नरहेको उहाँको भनाई थियो ।

मंगलबार झापाको गौरादहमा नेपाल ठाकुर समाजको दोस्रो झापा जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा नेपाली काग्रेसका केन्दिय सदस्य डा. शेखर कोइरालाले उक्त कुरा बताउनुभयो ।

नेपाली काँग्रेस प्रमुख प्रतीपक्षको भुमिका खेलिरहेको बताउनुहँदै अस्ति सम्म नेपाली काँग्रेस पर्ख र हेर को अवस्थामा रहेको थियो तर अब भने, पर्ख र हेर को अवस्था गइसकेको बताउनुभयो । प्रमुख प्रतिपक्षले विश्वासको मतमा विपक्षमा भोट गरेर यो सरकारलाई गिराउनु पर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

आफ्नै पार्टी भित्र पनि गुट उपगुट, स्वार्थीपना मौलाएको र अब त्यस्तो प्रवृक्तिलाई छोड्दै युवा र महिलालाई पार्टीमा सहभागिता बढाएर अगाडि बढे मात्र पार्टी अघि बढ्ने कोइरालाले बताउनुभयो ।

यस्तै, सरकार कानुन र संविधानलाई एकातिर राखेर मनपरितन्त्रको हिसाबले अघि बढिरहेको आरोप लगाउनुभयो । देशमा अराजकता ल्याउन, कुशासन ल्याउन, विधिको शासनलाई अस्वीकार गर्ने बाटोमा यो सरकार लागि परेको आरोप समेत लगाउनुभएको छ ।

यस्तै, अब सबैले निर्वाचनको तयारीमा लाग्नुपर्ने सँग सँगै नेपाली काँग्रेसको अधिवेशनलाई पनि ध्यान दिएर अघि बढ्न आग्रह गर्नुभयो । ओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै ओली सँग मिलेर जाने कुनै सम्भावना नरहेको बताउनुभएको छ । माओवादी केन्द्र सँग मिलेर जाँदा छिटै निर्वाचन हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।

नेपाली काँग्रेसले अब आफैं प्रयास गर्नुपर्ने बताउनुहँदै चुनावी सरकार, अल्पमतको सरकार जो नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुन्छ र त्यसले चुनाव गराउने हिसाबले जान सकिने बताउनुभएको छ । अनि मात्र देशले निकास पाउने बताउनुभयो ।

यस्तैगरि, नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सरिता प्रसाईंले चुनाव आउने समयमा वृद्ध वृद्धालाई भत्ता बढाईदिने खोक्रो आश्वासन अहिलेको सरकारले दिएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले अबका दिनमा यस क्षेत्रबाट नेपाली काँग्रेसको प्रतिनिधित्व हुने पनि दाबी गर्नुभयो ।

कार्यक्रममा गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाहले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धव थापाले झापामा नेपाली काँग्रेसको सक्रियता अझै बढाउनुपर्ने बताउनुभयो ।

यस्तै, नेपाल ठाकुर समाज जिल्ला कार्यसमिति झापाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परि त्याग गरि २८ जना नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले खादा र अबीर लगाएर पार्टी प्रवेश गराएका थिए । यस्तैगरी, नेपाल ठाकुर समाजले १५ जना वृद्ध वृद्धालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here