गायक केतन क्षेत्रीको स्वरमा ‘छाडी गयौ’ सार्वजनिक ( भिडियो )

0
1043

काठमाडौँ । 

नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सत्य घटनामा आधिरित यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीत संगीतवद्द गरेका हुन्। गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।

तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here