साना मझौला व्यवसायी साकोसद्वारा अपाङ्गता भएका वालवालिकालाई टेलिभिजन

0
960

बिर्तामोड  ।

बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुका लागि टेलिभिजन सेट प्रदान गरेको छ ।

अपाङ्गता भएका वालवालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले टेलिभिजन सेट प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष वस्नेत, उपाध्यक्ष रामलोचन न्यौपाने, महिला तथा वालवालिका उपसमिति संयोजक टिकामाया भट्टराईलगायतले अपाङ्ग वालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई टेलिभिजन सेट हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा अपाङ्गता भएका वालवालिकाहरुलाई फलफूल समेत वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेको व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here