आगजनीमा परेको विध्यालयलाई इजरायलबाट भौतिक सामाग्री हस्तान्तरण

0
920

इजरायल,

गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम फेदाप गाउँपालिका- २ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक बिद्यालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन् ।

आगजनीमा परी विध्यालयका केही कोठाहरु र भौतिक सामग्री पूर्ण रूपमा नस्ट भएका कारण विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको जानकारी पाएपछि सोही विध्यालयका पूर्व विध्यार्थी समेत रहेका देव बाँस्कोटाले करिब ५७ हजार रुपैयाँ बराबरको भौतिक सामग्री व्याक्तिगत रूपमा सामाजिक तथा शैक्षिक उत्तरदायित्व सम्झेर प्रदान गरेको बताएका छन् ।

समाजसेवी बाँस्कोटाले स्थानीय कृष्ण न्यौपाने र शिव न्यौपाने मार्फत विद्यालयलाई २० थान प्लास्टिक कुर्सी, १ थान स्टिल टेबल, १ थान घुम्ने कुर्सी र १ थान स्टील दराज विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तवीर लिम्बूलाई फागुन २५ गते मंगलबार हस्तान्तरण गरेका हुन् ।

सिद्धकाली माध्यमिक विद्यालयमा गत फागुन १४ गते राती अचानक आगजनी हुँदा विद्यालयको प्रशासनिक भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि विद्यालयको प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।

विद्यालयको बिपत्तिमा स्वतस्फूर्त सहयोग गरेको बताउने बाँस्कोटाले प्रशासन संचालनमा सहज होस भनी उक्त सामाग्री हस्तान्तरण गरिएको समाजसेवी बाँस्कोटाले जानकारी दिएका छन् ।

दाता बाँस्काेटाको अगुवाइमा एक वर्षअगाडि सोही विध्यालय परिसरमा १३ लाख रुपैया खर्चेर एक सरस्वती मन्दिर र मन्च पनि निर्माण गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here