झापा। 
झापाको मेचीनगर नगरपालिका–६ स्थित न्यून बिशाल होटलबाट बुधबार लागूऔषध अफिम सहित दुई जना भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।
प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं १०५ बाट उनीहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध अफिम दुई किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।
पक्राउ परेका विरुद्ध अनुसन्धान भईरहेको प्रहरीलृ जनाएको छ ।































