झापा।

झापाको दमक नगरपालिका–१ श्रेष्ठ चौकमा मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सह–चालक इलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर घाईते भएका राईको उपचारको लागि लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ट्याक्टर र चालक झापा दमक –३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।































