खतिवडालाई जेसी अफ द मन्थ फेब्रुअरीको अवार्ड प्रदान

0
898

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

वीरता जेसीजका सदस्य कुशल खतिवडालाई जेसी अफ द मन्थ फेब्रुअरीको अवार्ड प्रदान गरिएको छ ।

 

वीरता जेसीजको सचिवालयमा आयोजित दोस्रो वोर्ड वैठकमा वीरता जेसीजका अध्यक्ष राजीव धिमालले सदस्य खतिवडालाई जेसी अफ द मन्थ फेब्रुअरीको अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरेको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।

उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

वीरता जेसीजका  सदस्य खतिवडाले फेब्रुअरीमा आफू संयोजक रहेर झापा अर्जुनधारा –९ आनन्दनगरस्थित वालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गरेका थिए ।

कार्यक्रमको सहजीकरण वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ(एलसी )ले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here