बिर्तामोड साना सहरी खानेपानीको भवन शिलन्यास: सरकारी उदाशीनताका कारण पानी उद्योगमा लगानी भएन – उद्योगपति गिरी

0
841

झापा, उद्योगपति छत्रवहादुर गिरीले नेपालमा पानी उद्योग स्थापनाका लागि प्रशस्त सम्भावना भएर पनि सरकारी उदाशीनताका कारण व्यवसायीले यस तर्फ लगानी गर्न नचाहेको आरोप लगाउनु भएको छ ।
झापाको बिर्तामोडमा आयोजित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज भवन शिलन्यास गर्नु हुँदै उद्योगपति गिरीले पानीका लागि धनी मुलुक भएर पनि पानी उद्योग स्थापना हुन नसकेको बताउनुभयो ।
पानी निर्यात गरेर सरकारसंग थुप्रै विदेशी मुद्रा आर्जन गर्ने प्रशस्त सम्भावना हुँदा – हुँदै पनि पानी उद्योग स्थापनामा सरकारले चासो नदिएको उहाँको आरोप छ । अन्य उद्योगमा सरकारको केही योगदान दिएपनि पानी उद्योग स्थापनाका लागि सरकारले केही गर्न नसकेको बताउँदै नेपालमा पानी उद्योग स्थापना गर्दै विदेशमा पानी निर्यत गर्नु पर्ने बताउनुभयो ।
झापाको बिर्तामोडमा २०५१ सालबाट साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन वटा टंयाङ्की मार्फत खानेपानी बितरण गर्दै आएको छ । सात हजार १ सय ८४ घर धुरीलाई खानेपानी बितरण गर्दै आएको संस्थाको छुट्टै व्यवस्थित कार्यालय नहुँदा विभिन्न कठिनाई झेल्दै आएको थियो । यसैलाई मध्यनजर गर्दै संस्थाले आधुनिक र व्यवस्थित दुई तले भवन निर्माण गर्न लागेको हो । २२ सय स्वार फुटमा निर्माण गरिने भवन प्रविधि मैत्री हुने भवन शिलन्यास समारोहमा जानकारी दिइयो ।


सो समारोहमा बोल्नु हुँदै संस्थाका अध्यक्ष जलकुमार गुरुङले बिर्तामोड वासीलाई सहज रुपमा खाने पानी बितरणका लागि आफूहरु केन्द्रीत रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले सर्वसुलभ मूल्यमा संस्थाले उतपदन गरेको खानेपानीलाई मिनरल वाटरका रुपमा वजारमा बिक्री गर्नु पर्ने सुझाव समेत दिएका छन् ।
सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले खाने पानी संस्थाले उतपादन गरेको पानी मिनरल वाटरका रुपमा बिक्री गर्नु पर्ने र संस्थालाई थप सवल बनाउनु पर्ने सुझाव दिनुभयो ।


कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले समेत बिर्तामोड खानेपानी संस्थाले पटक पटक गरेको उत्कृष्ठताका कारण दुई – दुई पटक सरकारद्वारा सम्मानित भएको भन्दै प्रशासा गरेका थिए । नेपाली काग्रेस भाmपाका निर्वतमान उपसभापति देउकुमार थेवेले बिर्तामोडमा जनघनत्वको चाप बढेपनि सहज रुपमा खाने पानी उपलब्ध गराएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
निकट भविश्यमा टेक वहादुर गिरी वस पार्कमा ओभर हेड ट्याङ्की समेत निर्माण गर्ने लक्ष्य सहित अघि बढेको संस्थाले बिर्तामोडका उपभोक्तालाई २४ सै घण्टा नै पानी आपूर्तिमा सहजता पु¥उाउने लक्ष्य लिएको बताइएको छ ।

प्रदेश १ कै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडमा एसियाली बिकास वैक एडीवी र खानेपानी डिभिजन कार्यालयको सहयोगमा ४५० घन मिटरको ओभरहेड ट्याङ्की निर्माण गर्दै फिल्टर प्लान्ट एक र ३५ किलोमिटर पाइपलाईन विस्तारको काम समेत सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
भवन शिलन्यास कार्यक्रममा हाल संस्थाको बिर्तामोडमा ५ मा १२ कठ्ठा ५ धुर जमिनमा संस्थाको मुख्य कार्यलय सहित ४५० घन मिटरको ओभरहेड ट्याङ्की, तीन वटा डिप वोरिङ,अर्जुनधारा ६ मा २ नम्वर ओभर हेड ट्याङ्की, ४५० घन मिटरको ३ वटा डिप वोरिङ र फिल्टर दुई वटा रहेका छन् । जहाँ ६ कठ्ठा जमिन खानेपानीको नाममा रहेको बताइएको छ ।
बिर्तामोड ३ मा ५ कठ्ठा क्षेत्रफलमा ४५० घन मिटरकै क्षमता भएको ट्याङ्की ३ वटा वोरिङ , फिल्टर दुई वटा रहेको जानकारी दिइयो । टेक वहादुर गिरी वस पार्कमा भने डिप वोरिङ एक र फिल्टर प्लान्ट एक रहेको बताइएको छ ।
निकट भविश्यमा वस पार्कमा समेत ओभर हेड ट्याङ्की निर्माण गरिने कार्यक्रममा जानकारी दिइएको छ ।


भवन शिलन्यास कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शारदा रिजालले स्वागत गर्नु भएको थियो भने बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता संस्थाका संस्थापक सचिव टंक उप्रेती, बीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष स्वस्तिका आचार्यले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज वास्तोलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here