जन्मदिनमा सामाजिक अभियन्ता कडरियाले गरे भूमिदान

0
1095

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

तपाईं आफ्नो जन्मदिन कसरी मनाउनु हुन्छ ? साथीभाइसंग पार्टी गरेर , घुम्न र रमाइलो गर्दै भोज खुवाएर लाखौं रुपैयाँ खर्च गरेर मनाउनु हुन्छ होला । तर, झापा बिर्तामोड –४ आनन्दगजका युवा राजनीतिज्ञ एवम् सामाजिक अभियन्ता सीपी कडरियाले भने भूमिदान गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

क्षितिज नाट्य समूहको अगुवाईमा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि एक धुर जमिन खरिदका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेर सामाजिक अभियन्ता कडरियाले आफ्नो जन्मदिन मनाएका हुन् ।

झापा नाटक घरमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता कडरियाले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंलाई उक्त रकमको चेक प्रदान गरेका थिए ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक प्रसाईंको अध्यक्षता तथा युवा राजनीतिज्ञ एवम् सामाजिक अभियन्ता कडरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड –१ का वडा सदस्य प्रेमकुमार खरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा चेक हस्तान्तरण गर्दै सामाजिक अभियन्ता कडरियाले गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएको समयमा झापामा बहुसाँस्कृतिक संग्रहालय बनाउनु पर्छ भन्ने घोषणा पत्रमा उल्लेख गरी लागीपरेको बताउँदै क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि आफूले सहयोग गरेको बताए ।

 

उनले आफ्ना ७६ वर्षीय बुवा टीकाराम कडरिया र ७५ वर्षीया आमा उमादेवी कडरियाको सुस्वास्थ्य ,दिर्घायूको कामनासहित आमाबुबाको सम्मानमा एक धुर जग्गा खरिद गरेको बताउँदै झापा नाटक घरको श्रीवृद्धिका लागि आफू संधै प्रतिवद्ध रहने बताए ।

जीवन सङ्गीनी निर्मला खतिवडा निरु र छोरा अग्रज खतिवडालाई समेत साथमा लिएर झापा नाटकघर आएका कडरियाले पछिल्लो समय जन्मदिन मनाउने नाममा वढ्दो फजुल खर्चलाई न्यूनीकरण गरी जन्मदिन मनाउने नाममा गरिने फजुल खर्चले समाजसेवा गर्न सकिन्छ भन्ने सन्देश दिन आफूले झापा नाटक घरका लागि एक धुर जमिन खरिदका लागि रकम प्रदान गरेको बताए ।

‘राइट एक्सन इन राइट टाइम ’ लाई आफ्नो मार्गदर्शन बनाएका कडरिया पेशागत बीमा अभिकर्ता संघ(महासंघ)का केन्द्रीय सदस्य , पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका सल्लाहकार सदस्य , सप्तरंगी बहुउद्धेश्यीय कम्पनिका अध्यक्ष , नेकपा प्रदेश कमिटी सदस्यलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।

कार्यक्रममा विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका केन्द्रीय सदस्य तेजमणी प्रसाईंले सामाजिक अभियन्ता सीपी कडरियाको व्यक्तित्वका विषयमा प्रकाश पार्दै समाज रुपान्तरणको अभियानमा निरन्तर सक्रिय रहेका कडरिया अध्ययनशील ,समय र आफ्नो वचनप्रति सधैँ प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल विश्वहिन्दू महासंघका राष्ट्रिय अभियन्ता धुव्रप्रसाद शिवाकोटी, चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्ष भानुप्रसाद शिवाकोटी, पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका बिर्तामोड अध्यक्ष राजु कुँवरलगायतले सामाजिक अभियन्ता कडरियाले जन्मदिनमा गरेको कार्य अरुहरुका लागि प्रेरणादायी भएको बताए ।

सोही कार्यक्रममा झापा नाटक घरका लागि बिर्तामोडकी महिला नेतृ रञ्जु प्याकुरेलले एक हजार एक सय रुपैयाँ र श्रीराम ग्रील एण्ड कम्पनिका सञ्चालक रामकुमार खरेलले चार हजार रुपैयाँ मूल्य बराबरको बोर्ड प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here