तुलसीप्रसाद निरौला, बिर्तामोड ।
क्षितिज नाट्य समूहको अगुवाईमा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि बैदेशिक रोजगार व्यवसायी भानुप्रसाद शिवाकोटीले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

झापा नाटक घरमा आयोजित कार्यक्रममा बैदेशिक रोजगार व्यवसायी तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सल्लाहकार शिवाकोटीले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
बिर्तामोड –१ निवासी शिवाकोटी बिर्तामोडमा रहेको अञ्जलि ओभरसिजका प्रवन्ध निर्देशक , वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्ष ,अर्जुनधारा जलेश्वर धाम समितिका सदस्य , शिवाकोटी समाज नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
प्रदेश नं. १ कै धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण पूरा गर्नका लागि आफूले सहयोग गरेका शिवाकोटीले बताए ।































