तुलसीप्रसाद निरौला,बिर्तामोड ।
झापाको बिर्तामोड –१० स्थित शिवालय चोकमा ऐतिहासिक शिव प्रतिमासहित शिवालय स्तम्भको उद्घाटन गरिएको छ ।
शिवालय स्तम्भ निर्माण समितिका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड –१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओली, नेपाल विश्व हिन्दू महासंघका राष्ट्रिय अभियन्ता धुव्रप्रसाद शिवाकोटी, श्रीकृष्ण प्रणामी सत्सङ सेवा समिति बिर्तामोडका अध्यक्ष धनपति बराल, ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रकी सावित्रादिदी , त्रिपुरेश्वर शिवालय मन्दिर समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठ , रुपनारायण मुखियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवपर्वतन बालक्लवका पदाधिकारीले साँस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सञ्चालन शिवालय स्तम्भ निर्माण समितिका सदस्य ताराप्रकाश भट्टराईले गरेका थिए ।































