युवराज रेग्मी,
दमक।

नेपाल प्रेस युनियन माइपश्चिम् क्षेत्रीय समिति झापाले दमकका एकजना पत्रकारलाई कोरोना बिमा वापतको रकम प्रदान गरेको छ ।
युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कूलको सहकार्यमा कोरोना संक्रमित भएका पत्रकार विष्णु पौडेललाई बिमा वापतको एक लाख रुपैयाँ रकम प्रदान गरेको हो ।
ती व्यवसायिक प्रतिष्ठानको सहकार्य तथा दमककै सगरमाथा इन्स्योरन्स कम्पनी मार्फत जिल्लाका माइपश्चिम क्षेत्रमा क्रियाशील ३२ जना पत्रकारको संयुक्त रुपमा कोरोना बिमा गरिएको युनियनका अध्यक्ष विष्णु सुब्बाले बताए । बिमित पत्रकारमध्ये दुई जना कोरोनाबाट संक्रमित भएका थिए ।
युनियनले दमकस्थित रोजियट बोर्डिङमा एक औपचारिक कार्यक्रम गरि पत्रकार पौडेललाई दाबी वापतको बिमा रकम हस्तान्तरण गरिएको हो ।
पौडेललाई बिमा रकम वापतको चेक प्राप्ती अटोका सञ्चालक प्रकाश प्रसाई, बोर्डिङका निर्देशक सूर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रबन्धक देवराज दंगाल, कर्मचारी जेनिश पराजुली, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सो अवसरमा इन्स्योरेन्सका प्रबन्धक दंगालका अनुसार उक्त इन्स्योरेन्स कम्पन्नी मार्फत कोरोना बिमा गरिएका ६३ वटा बिमामध्ये २१ जनाले नियम अनुसार पाउने रकम प्रदान गरिएको र अन्यको आउने प्रक्रियामा रहेको बताएका थिए ।






























