शिव ताण्डव नृत्यको उपाधि बस्नेतलाई , भजन गायनको उपाधि पोखरेललाई

0
883

 बिर्तामोड  ।

प्रदेश नं. १ स्तरीय एकल शिव ताण्डव नृत्य प्रतियोगिताको उपाधि मनिसा वस्नेतले र एकल शिव भजन गायन प्रतियोगिताको उपाधि प्रशान्त पोखरेलले हात पारेका छन् ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा महाशिवरात्री पर्वको अवसरमा एक साँझ शिवका माझ कार्यक्रम अन्तर्गत भएको उक्त प्रतियोगिताको फाइनल प्रतिष्पर्धामा बस्नेत र पोखरेलले उपाधि हात पारेका हुन् ।

एकल शिव ताण्डव नृत्य प्रतियोगितामा दोस्रो प्रितम सम्वाहाम्फे , तेश्रो दिपेश राई र सान्तवना आकृति तामाङ र दृष्टि मित्तल भए ।

प्रतियोगिताकी प्रथम बस्नेतले ५१ हजार रुपैयाँ र प्रमाण पत्र, दोस्रो सम्वाहाम्फेले ३१ हजार रुपैयाँ र प्रमाण पत्र, तेश्रो राईले २१ हजार रुपैयाँ र प्रमाण पत्र र सान्तवना तामाङ र मित्तलले जनही पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे ।

एकल शिव ताण्डव नृत्य प्रतियोगितामा शास्त्रीय नृत्य प्रशिक्षक विणा जोशी र प्रेम विकले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने प्रतियोगिताको संयोजकमा नृत्य निर्देशक सुनिल थापा रहेका थिए ।

त्यसैगरी एकल शिव भजन गायन प्रतियोगितामा दोस्रो कृपा पौडेल , तेश्रो सञ्जीवनी पौड्याल र सान्तवना सरगम तिवारी र भक्त विश्वकर्मा भए ।

प्रतियोगिताका प्रथम पोखरेलले ३१ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे । उनलाई सनलाइट म्युजिक स्टुडियो एण्ड स्कूल बिर्तामोडले एक वर्षसम्म निःशुल्क गायन र एउटा गीत रेकर्डिङको सुविधा प्रदान गर्न सञ्चालक कृष्ण योञ्जनले घोषणा गरे ।

त्यस्तै प्रतियोगितामा दोस्रो पौडेलले २१ हजार रुपैयाँ र प्रमाण पत्र, तेश्रो पौड्यालले ११ हजार रुपैयाँ र प्रमाण पत्र र सान्तवना तिवारी र विश्वकर्माले जनही दुई हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे ।

एकल शिव भजन गायन प्रतियोगितामा गायक तथा संगीतकार दुर्गा खरेल र शास्त्रीय गायीका तथा संगीतकार लावोनी चक्रवर्ती प्रसाईंले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने प्रतियोगिताको संयोजकमा संगीतगुरु कृष्ण योञ्जन र दिपक रायमाझी रहेका थिए ।

एकल शिव भजन गायन प्रतियोगिता र एकल शिव ताण्डव नृत्य प्रतियोगिताको अडिसनबाट छनौट गरिएका १० जनालाई फाइनल प्रतिष्पर्धामा समावेश गरिएको थियो ।

अर्जुनधारा जलेश्वर धाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा गायक तथा संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शास्त्रीय नृत्य प्रशिक्षक प्रेम विकले शिव ताण्डव नृत्य र शास्त्रीय गायीका तथा संगीतकार लावोनी चक्रवर्ती प्रसाईंले शिव भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा जलेश्वर धाम समितिका अध्यक्ष नवीन गट्टानीले भगवान शिवलाई प्रसन्न गराउन शिवको प्रिय मानिएको ताण्डव नृत्यको महत्वबारे सबैलाई बुझाउने उद्धेश्यले प्रदेश नं. १ मै पहिलोपटक प्रदेश नं १ स्तरीय एकल शिव ताण्डव नृत्य तथा एकल शिव भजन गायन प्रतियोगिता गरिएको जानकारी दिए ।

कार्यक्रममा हजारौं भक्तजनहरुको सहभागिता रहेको लागि अर्जुनधारा जलेश्वर धाम समितिका सदस्य भानुप्रसाद शिवाकोटीले बताए ।

त्यस्तै शिवरात्रिको अवसरमा शिव महाआरती , यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत गरिएको अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए ।

कार्यक्रमको सञ्चालन रेडियो विराटकी प्रवन्ध निर्देशक लिला अनमोल र सञ्चारकर्मी उर्मिला दाहालले गरेको धाम समितिका सदस्य सुधिर बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here