वीरता जेसीज सम्मानित

0
1159

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

इलामको सूर्योदय नगरपालिका –१४ लक्ष्मीपुरमा रहेको वुद्ध माध्यमिक विद्यालयले वीरता जेसीजलाई सम्मान गरेको छ ।

होराइजन वर्दु टी इण्डष्ट्रीज सूर्योदय नगरपालिका –१४ लक्ष्मीपुर र वीरता जेसीजको संयुक्त आयोजनामा वुद्ध माध्यमिक विद्यालयमा भएको निःशुल्क आँखा शिविरमा सक्रिय सहभागिता जनाउँदै विद्यालयमा अध्ययनरत् विद्यार्थीको रक्त समूह परिक्षण गर्नुका साथै विद्यालयमा रहेको पुस्तकालयका लागि पुस्तक उपलव्ध गराएको भन्दै वीरता जेसीजलाई सम्मान गरेको हो ।

कार्यक्रममा वुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तामाङले वीरता जेसीजका अध्यक्ष राजीव धिमाललाई सम्मान पत्र प्रदान गरेका थिए ।

विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय ३० जनाले आँखा परिक्षण गराउनुका साथै शिविरमा सहभागीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

त्यस्तै एड्भान्स प्याथोलोजी बिर्तामोडको प्राविधिक सहयोगमा विद्यार्थीको रक्त समूह परिक्षण गर्नुका साथै विद्यालयमा रहेको पुस्तकालयका लागि दुई सय ५० भन्दा वढी पुस्तक प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचितआनन्द सुव्वाले गरेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here