तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिर्तामोड नगर कमिटीको अध्यक्षमा मुना इङ्नाम केरुङ चयन भएकी छिन् ।
संस्थाको प्रथम अधिवेशनले केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्ष जुनु कन्दङ्वा थापा, सचिब संगीता रसाइली, सहसचिव सकुन्तला बराल ,कोषाध्यक्ष पबित्रा न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सर्मिला खाती, पबित्रा सुब्बा, बुद्द लिम्बू, एन्जिला धमला ,रितुमाया लिम्बू, संगीता निरौला, निशा गुरुङ, बिना भँडेल, युनिक इङ्नाम, एलिना राजबंशी, संगीता खड्का, पुर्णमाया कार्की रहेका छन् भने सल्लाहकारमा रन्जु प्याकुरेल रहेकी छिन् ।
रन्जु प्याकुरेलको अध्यक्षता तथा टे«ड युनियन महासंघ जिफण्ट प्रदेश नं. १ का सहसचिव अम्वीरकुमार लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीता रसाइलीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य धनकुमारी कन्दङवा, प्रदेश नं. १ की अध्यक्ष आशाकुमारी लिम्बू , प्रदेश सदस्य गंगा चर्मकार लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन मुना इङ्नाम केरुङले गरेकी थिइन् ।































