दमक। 
लिम्बू भाषा,साहित्यसँंगै पत्रकारितामा क्रियाशील दमक–५ निवासी सेसेहाङ फियाक किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा निर्वाचित भएका छन् ।
विर्तामोड –१ स्थित चुम्लुङ भवनमा शुक्रवार सम्पन्न ११ औं जिल्ला अधिबेशनवाट उनी आगामी तीन बर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील फियाक नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका सदस्यसमेत हुन् । अधिबेशनले फियाकको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको थियो ।
हल्दिवारी गाउँँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको प्रमुख आतिथ्य तथा चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङ्बुहाङ, सचिव डा.योगेन्द्र पालुङ्वाको विशेष आतिथ्यमा भएको अधिबेशन उद्घाटनका अवसरमा चुम्लुङ अभियानमा योगदान पु¥याएको भन्दै चुम्लुङकी पूर्व केन्द्रीय सदस्य राधा सुव्वालाई सम्मान गरिएको थियो ।
अधिबेशनको वन्दसत्रमा चुम्लुङ जिल्ला अध्यक्ष भक्त खेवाङले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष गुमानसिंह सम्बाहाम्फेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
अधिबेशन सम्पन्न गर्न चुम्लुङका अग्रज कृष्णकुमार थेवेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
फियाक किराँत सिरीजङ्गा लिपिका पूर्वाञ्चल दैनिकद्वारा प्रकाशित लिम्बूभाषा खण्डका सम्पादकसमेत हुन् ।































