टाटा मोटर्स्को नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरीमा

0
1067

झापा। 

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नाडा एसोसिएशन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले सार्वजनिक गरेका हुन् ।
टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ बी एस सिक्स प्रविधियुक्त गाडीहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । यिनीहरुको बनावट अत्यन्तै सुन्दर रहेको र यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे बताइएको छ ।

बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएका गाडीहरु कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको दावी गरिएको छ ।

नयाँ टियागो

१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेँलो, निलो लगायत ६ वटा रङ्गहरुमा उपलब्ध छन् । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।

नयाँ टिगोर

१२०० सीसी इन्जन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।

नयाँ नेक्सन

१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता प्रविधि जडान गरिएको छ । यसले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।

नयाँ अल्ट्रोज

१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको ग्लोवल एनक्याप मार्फत प्रमाणित भइसकेको छ ।

साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरी चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।

नयाँ एच फाईभ

२००० सीसी इन्जिन क्षमता भएको एच फाईभको सम्पूर्ण बनावट बिशिष्ट ओमेगार्क वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिले यो गाडी उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here