झापाली गायिका श्रद्धा प्रसाईले आफ्नो पहिलो गीत ‘तिमी मेरै हौ’ सार्वजनिक गरेकी छिन् । श्रद्धाले गीत तयार पारी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।
लामो समयसम्म कभर गीतहरु गाउँदै आएकी प्रसाईले तिम्रो नै माया लाग्दछ साइला, माछी काडैंले जस्ता कभर म्युजिक भिडियो समेत गरेकी छिन् ।
उक्त गीतमा शब्द, संगीत सुलभ घिमिरेले दिएका छन् भने मुखिया प्रोड्क्सन हाउसबाट विवेक राजवंशीले छायांकन गरेका हुन् । भिडियोलाई सौरभ सुनुवारले सम्पादन गरेका हुन् भने निर्देशन रोचक भट्टराईले गरेका छन् ।
सुलभ घिमिरेले संगीत संयोजन गरेको उक्त भिडियोमा आर्यन्, शालु कोइराला, श्रद्धा प्रसाई, सञ्जय अग्रवाल र अर्चना अधिकारी लगायतको अभिनय रहेको छ ।
प्रस्तुति : अनु पौडेल



























