दमकमा सन्बी ९६ टुर्नामेन्ट सञ्चालन हुँदै

0
1099

दमक ।

झापाको दमकमा शुक्रबारदेखि बहुदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । ’सन्बी ९६ टुर्नामेन्ट’ नाम दिइएको उक्त प्रतियोगिताको प्रदेश सभा सदस्य अर्जुन राई र दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । उद्घाटन खेल दमकको प्याट्रिओटिक क्रिक्रेट ट्रेनिङ सेन्टर र बिर्तामोडको बोसटोन क्रिक्रेट क्लबबीच भएको थियो ।

टस हारेर फिल्डिङमा उत्रिएको प्याट्रिओकले बोसटोनलाई उनन्चालिस ओभर दुई बलमा एक सय तेह्र रनमा समेटेको थियो । प्याट्रिओटिकका लागि ज्ञानेन्द्र श्रेष्ठले मात्र उन्नाइस रन खर्चेर पाँच विकेट लिएका थिए, कुनै पनि ब्याट्सम्यानले लामो पारी खेल्न नसक्दा बोसटोन ११३ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रिएको प्याट्रिओटिकले चालिस ओभरमा एक सय सत्हत्तर रन बनाएर पारी घोषित गरेको छ ।

त्यसका लागी ओपनर ब्याटस्मेन सुजन थपलियाले ६१ बलमा ६९ रनको आक्रमक पारी खेलेका थिए । बोसटोनका लागि प्रसान्त महतले ५ विकेट लिए । टु–डेज् फर्म्याटमा खेलाइएको प्रतियोगितामा शुक्रबारको खेलमा प्याट्रिओटिक ट्रनिङ सेन्टर ६४ रनले अघि रहेको छ । प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाबाट आठ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सत्र रोशन धितालको अध्यक्षतामा भएको थियो भने ,शुभकामना मन्तव्य अविश खनाल र कार्यक्रम सञ्चालन सन्दिप बरालले गरेका थिए ।अहिले भइरहेको खेलको छिनोफानो आज बेलुका हुने आयोजक कमिटिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here