इलामको रोङ गाउपालिकामा रोङ कप प्रतियोगिता सुरु

0
725

गणेश अर्याल/ इलाम ।

इलामको रोङ गाउपालिकामा वडा स्तरीय रोङ कप खेलकुद प्रतियोगिता सुरु भएको छ । भलिबल फूटबल र मार्सल आर्टमा रोङ कप प्रतियोगिता हुने भएको हो ।

रोङ को अन्तरगत भलिबल को प्रतियोगिता सुक्रबार रोङ गाउपालिका ४ को पहरीगाउ खेल मैदानमा सम्पन्न भएको छ । फाइनलमा वडा नम्बर ५ ले प्रतियोगिता उछिनेको छ । वडा नम्बर ४ लाइ २५/२१, २५/१४, १९/२५ को सेटमा पछाडि पार्दै वडा नम्बर ५ ले प्रतियोगिता जितेको हो ।

प्रतियोगिता भरको खेलको मुल्याङकनको आधारमा वडा नम्बर ४ का सुमन राई र वडा नम्बर ५ का कमल प्रधानलाई म्यान अफ दी म्याच घोषणा गरिएको आयोजक शिक्षा युवा तथा खेलकुद बिकास समितिका सम्योजक युवराज खाप्तुवा राईले बताए ।

भलिबल प्रतियोगितामा वडा नम्बर ४, ५ र ६ को वडा स्तरीय टिमको सहभागिता रहेको थियो । बिजेता र उपबिजेतालाई गाउपालिकाले प्रोत्साहन स्वरुप १२ हजार र ९ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने गाउपालिकाले जनाएको छ ।

यसैबिच रोङ कप अन्तरगत फूटबलको प्रतियोगिता चैत्र २ गते बाट रोङ ५ को नाखोपा खेल मैदानमा सुरु हुदैछ । फूटबल र भलिबलका बिजेताहरु सबैलाई आगामी चैत्र ९ गते नाखोपा खेल मैदानमा एक कार्यक्रम गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here