जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

0
1011

काठमाडौँ,

नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्थाबारे जानकारी गराएको हो ।

विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ ।

“आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिले अवस्था गम्भीर रहेको छ ।”

फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here