झापा। 
झापाको मेचीजगर नगरपालिका–१५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना भारतियलाई पक्राउ गरिएको छ ।
भारत दार्जिलिङकी २७ बर्षीया सुनिता हेमरम र ३२ बर्षीया अनिता हेमरमलाई लागूऔषध ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।
पक्राउ परेका विरुद्ध थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।































