वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

0
994

बिर्तामोड, 

झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ ।
विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश नम्वर १ मा नै पहिलो पटक लिङ्कन कलेजले वीएचएम र वीआईटी विषय थप गरेसंगै अब विद्यार्थीले सीपमुलक विषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने वाल्मीकि लिङ्कन कलेजका निर्देशक आनन्द कुमार वस्नेतले बताएका छन् । विद्यार्थीले गुणस्तरीय शिक्षा अध्ययनका लागि अब अन्यत्र जानु नपर्ने बताउँदै सर्व सुलभ रुपमा विर्तामोडबाटै विश्वस्तरीय शिक्षा आर्जन गर्न सकिने बस्नेतको भनाई छ ।


नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभूवन विश्व विद्यालयको समकक्षता प्राप्त यि विषय अध्ययन पश्चात विद्यार्थीमा सीप विकास भएर रोगजारीमा टेवा पुग्ने कलेजले विशवास लिएको छ । लिङ्कन कलेजका प्रिन्सिपल किशोर वस्नेतका अनुसार वीएचएम र वीआईटी विषय अध्ययनपछि विद्यार्थीहरु वेरोजगार बस्नु नपर्ने र विदेशमा सहज रुपमा काम गर्न सक्ने छन् ।
विद्यार्थीले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषय अध्ययन गरेपछि काठमाडौं, विराटनगर, इटहरी, धरान,जानु पर्ने वाध्यता समेत हटेको बताउँदै प्रिन्सिपल वस्नेतले भने – ‘विद्यार्थीको रोजाइमा बिर्तामोडमा नै प्राविधिक विषय अध्ययन– अध्यापन हुने वातावरण सृजना हुनु विद्यार्थीका लागि मात्र नभई अभिभावका लागि पनि गौरवको विषय हो ।’
विएचएम् र वीआईटी विषय अध्ययन गर्नका लागि विद्यार्थीले जुनसुकै शंकायबाट पनि प्लस टु गरेको हुनुपर्छ प्रिन्सिपल बस्नेतले भने – वीएचएम् कोर्ष चार वर्षे र विआईटी कोर्ष तीन वर्षे रहेको छ ।
लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । यो विश्व विद्यालयबाट मान्यता प्राप्त वाल्मीकि लिङ्कन कलेजमा विद्यार्थीले अध्ययन गरेपश्चात अन्तराष्ट्रिय डीभी आउन र त्रिभूवन विश्व विद्यालयबाट पनि प्रमाणपत्र पाउन सहज हुने प्रिन्सिपल वस्नेतको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here