विवेकशील साझाको प्रदेश १ संयोजकमा महेन्द्र

0
707

काठमाडौं,

विवेकशील साझा पार्टीको प्रदेश १ संयोजकमा विर्तामोड झापाका महेन्द्र कुमार थापा चयन भएका छन्। यसै साथ विवेकशील साझा पार्टीले प्रादेशिक समायोजन पूरा गरेको छ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति वैठकले यसअघि पार्टी सचिवालयले प्रस्तुत गरेको ७ प्रदेशको संयोजक र विदेशस्थित विवेकशील साझा सद्भाव समितिको संयोजकलाई अनुमोदन गरेसँगै एकीकरणको पहिलो चरण समापन भएको हो।

केन्द्रीय समिति वैठकले प्रदेश १ मा महेन्द्र थापा ,प्रदेश २ मा अनिमेष कुमार मिश्र, बागमती प्रदेशमा रञ्जु दर्शना,गण्डकी प्रदेशमा महेश भण्डारी,लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई संयोजकमा अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए।

यसैगरी वैठकले सुरेश भट्टलाई अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा अनुमोदन गरेको छ। कल्याणकारी लोकतन्त्र, सुसंस्कृत राजनीति, समतामूलक सम्वृद्धि, परिवर्तन हाम्रै जीवनकालमा भन्दै उदाएको भ्रष्टाचार विरोधी विवेकशील साझा पार्टीले एकै पुस्ताभित्र मुलुक रुपान्तरण गर्ने लक्ष्य राख्दै भरपर्दो विकल्पको रुपमा आफूलाई जनतामाझ उभ्याएको बताउँदै आएको छ। गत निर्वाचनमा विवेकशील साझा पार्टीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here