महिला कैदीबन्दिलाई अधारभूत सिलाई तालिम

0
816

भद्रपुर,

महिला सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नारालाई आत्मासात गर्दै एवीसी नेपाल झापाले जिल्ला कारागार झापामा रहेका महिला कैदीबन्दिहरुलाई अधारभुत सिलाई तालिम प्रदान गर्ने भएको छ ।

कारागार प्रांगणमा विहिवार आयोजीत कार्यक्रमका बीच नेपालले सय मिटर बढी कपडा प्रदान संगै तालिमको उद्घाटन गरिएको हो ।तालिमको उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बन्दि महिलाहरुले स्वाबलम्बी बनेर समाजको रुपान्तरणमा लाग्नु पर्ने बताउनुभयो ।

उहांंले आर्थिक अभावका कारण समाजमा महिलाहरुलाई विभेद गर्ने प्रचलन रहेको बताउदै तालिमवाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भयो । एवीसी नेपालकी अध्यक्ष कंचना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष रेखा अधिकारीले स्वागत र सचिव देवी निरौलाले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकालले मन्तव्य राख्नु भएको थियो ।सो अवसरमा बन्दिहरुलाई पुस्तक समेत पद्रान गरिएको थियो ।बन्दि महिलाहरु क्रमशः सिमा शर्मा, मेनुका दास र कमला राई प्रशिक्षक रहनु भएको तालिममा १५ जना बन्दि महिलाहरु सहभागि हुने महिला प्रशासन प्रमुख कसम गहतराजले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टाराई, सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डे लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here