त्रिवेणी खोलाको पुल उद्घाटन

0
1293

भक्तपुर,

विकासले मुहार फेर्दै गरेको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित पलासे–डोलेश्वर सडकखण्डको त्रिवेणी लामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिहीबार पुल उद्घाटन गर्नुभयो ।

सांसदसमेत रहनुभएका बस्नेतको पहलमा आएको रु ८१ लाखको बजेटमा २०७६ फागुनबाट निर्माण शुरु भई हालै सम्पन्न आठ मिटर चौडा उक्त पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन सञ्चालनमा सहज हुने बताउनुभयो ।

उहाँले नयाँ स्मार्टसिटीका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै कभर्डहल र राष्ट्रियस्तरको रङ्गशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here