दमकमा भारतबाट अबैध रुपमा आयतित माछा बिक्रीमा रोक

0
867

विष्णुप्रसाद पोखरेल,
दमक ।

झापाको दमकमा भारतमा अबैध रुपमा आयतित माछाहरु बिक्री भइरहेको सूचना पाएको बताउदै दमक नगरपालिकाले यस्तो कार्य तत्काल रोक्नका लागि ब्यवसायीहरुलाई निर्देशन दिएको छ ।

दमकमा सढेगलेका र क्वारेन्टाइन जाँच नभई आएका माछाहरु विक्री भइरहेको बताइदै आएको अवस्थामा नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।

निर्देशनको बेवास्था गर्दै मागुर जातको माछा भने बजारमा विक्री बितरण हुँदै आएको पाईएको छ । दमक नगरपालिकाले बनाएको नगरपालिका नियन्त्रित ब्यवस्थित बद्यशालामा नै पनि मागुर जातको माछा विक्री भइरहेको पाईएको हो । विहिबार पनि त्यहाँ मागुर जातको माछा विक्रीका लागि राखिएको थियो ।

मागुर जात ‘क्याट फिस’ को माछाहरु नेपालमा प्रतिबन्धित रहेको र यहि जातको माछाहरु बजारमा छ्याप्छ्याप्ति पाइन थालेको गुनासो आएपछि नगरपालिकाले यसमा चासो दिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भएको छ ।

मागुर जातका माछा र भन्सार छलि गरेर अबैध रुपमा ल्याईएकामाछा विक्री बितरणमा नगरपालिकाले प्रतिबन्ध लगाएको छ, उहाँले भन्नुभयो । सम्पूर्ण माछा ब्यवसायीहरुलाई प्रारम्भिक चरणमा प्रतिबिन्धत मागुर जातका र क्वारेन्टाइन जाँचपास नगरी ल्याईएका माछा विक्री नगर्न भनिएको छ, तिम्सिनाले भन्नुभयो ।

निर्देशनलाई अटेर गरेमा नगरस्तरीय अनुगमन समितिबाट अनुगमन गरेर कार्वाही शुरु गर्नेछौ, उहाँको भनाई छ । भारतमा उत्पादित र नेपालमा प्रतिबन्धित मागुर जातको माछा वातवरण र मानवस्वास्थ्यका लागि हितकर नभएको बताईन्छ । यसभन्दा अघि गौरीगन्ज नाँकाबाट आइरहेको माछा स्थानीय प्रहरीले नियण्त्रणमा लिएर नष्ट पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here